बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता

बूढीखोलाले बगाएर प्रेमकलाको मृत्यु, दुईजना बेपत्ता
सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचालाई सिमाना भएर बग्ने बूढीखोलाले बगाएर सुन्दरहरैँचा नगरपालिका ५ की प्रेमकला चौधरीको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण आज (मंगलबार) बिहानको समयमा चौधरीसहित चारजनालाई बाढीले बगाएको थियो । माछा मार्ने क्रममा प्रेमकलासहित सुन्दरहरैँचा ५ की २२ वर्षीया स्वस्तिका चौधरी, सोही स्थानकी ३० वर्षीया फूलकुमारी चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बाढीले बग...

२ करोड रुपैयाँ लुटपाटमा संलग्न चार जना पक्राउ

२ करोड रुपैयाँ लुटपाटमा संलग्न चार जना पक्राउ
 आफूलाई सीआईबी भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको दधिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोह...

मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जबरजस्ती जिम्मा लगाएपछि झापामा आत्महत्या

मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला  जबरजस्ती जिम्मा लगाएपछि झापामा आत्महत्या
मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् । मेल...

एसईईको नतिजा बिहीबारसम्म आउने

एसईईको नतिजा बिहीबारसम्म आउने
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको राससलाई जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण,अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परी...

मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु

मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु
मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा ९:५० बजेतिर शव फेला परेको ...

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार
 बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ ।  ‘यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ’, नगरप्रमुख आतेशकुमार सिंहले भन...

पेस्तोल र भरुवा बन्दुकसहित दुई पक्राउ

पेस्तोल र भरुवा बन्दुकसहित दुई पक्राउ
उदयपुर र ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका ३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका ४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बू रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित साथीको घरमा आएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ल...

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु
 दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ। आरिसेल नामक कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १८ जना चिनियाँ, एक जना लाओसका छन् भने एक जनाको पहिचान भएको छैन। दुई जना कोरियन छन्। आगलागीमा परी ८ जना घाइते भएका छन् तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। कारखानाले लिथियम ब्याट्री उत्पादन गर्दै आएको थियो। कम्पनीको दोस्रो तलामा ब्याट्री जाँच र प्याक...

विराटनगर महानगरद्वारा ३ अर्ब ४९ करोड ९८ लाखको बजेट प्रस्तुत

विराटनगर महानगरद्वारा ३ अर्ब ४९ करोड ९८ लाखको बजेट प्रस्तुत
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको को बजेट सार्वजनिक गरे । जुन बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो । महानगरले ...

डेंगुसँग सम्बन्धित ७ आम जिज्ञासा र उत्तर

डेंगुसँग सम्बन्धित ७ आम जिज्ञासा र उत्तर
डेङ्गु लामखुट्टेबाट सर्ने रोग हो। नेपालका ७२ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। डेङ्गु ज्वरोको गम्भीर रूपलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट कतिपयको मृत्यु हुन सक्छ। पहिलो संक्रमणमा लक्षणहरु त्यति गम्भीर हुँदैनन् तर डेङ्गु भाइरसका फरक संस्करणबाट अर्को संक्रमण भयो भने गम्भीर स्वास्थ्य समस्या देखा पर्दछ...