प्रधानमन्त्रीले भने, ‘मल अभाव भएमा खबर गर्नू’
काठमाडौं । सरकारले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर विशेष ध्यान दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । उनका अनुसार हाल तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको छ।
वर्तमानमा कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल उपलब्ध छ, जसमा युरिया १६,५३९ मेट्रिक टन, डिएपी ७,६५३ मेट्रिक टन र पोटास ४,९...











