दुई किशोरबीच फेसबुकमा भनाभन पछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु
दाङको तुलसीपुरमा दुई किशोरबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। कुटाकुटपछि घाइते भएका १५ वर्षीय बिराज गिरीको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे बाँकेको नेपालगन्जस्थित नर्सिङहोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानामगरले जानकारी दिए।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाका गिरी अध्ययनका लागि दाङको तुलसीपुर उपमहानगरपालिका– ८ दुधेनामा डेरामा बस्द...











