टिपेर ल्याएको च्याउ पकाएर खाँदा इलाममा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरुको आज (आइतबार) मृत्यु भएको हो ।
माङ्सेबुङ गाउँपालिका–५ घर भएका उनीहरु काम गर्नका लागि अन्तुतिर गएका थिए । मृत्यु हुनेमा माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङ छन् । च्याउ खाएका धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन् ।
खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएकामा २ जनाको मृत्यु भएको हो । माङ्सेबुङ गाउँपालिका प्रमुख हेमन्त राईका अनुसार सूर्योदय नगरपालिकाको अन्तुमा काम गर्न गएका उनीहरुले जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ खाएको जानकारी आएको छ । उनीहरुको शव झापाको दमक अस्पताल ल्याइएको उनले बताए ।

तपाईको प्रतिक्रिया