सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु
इटहरी : सुनसरीमा ट्रयाक्टरको डालाबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुरस्थित भित्री ग्राभेल सडकखण्डमा हात्तीमुडाबाट भुटाहातर्फ जाँदै गरेको प्र १-०२-००३ त ५०९ नम्बरको ट्रयाक्टरको (ईट्टा बोकेको) डालामा सवार युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हरिनगरा २ बस्ने २० वर्षीया जुलेशा खतुन रहेकी छन् । उनी ट्रयाक्टरबाट अचानक लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...











