आइतबार नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।


















