कस्तो भाग्यमानी जोडी ! नेपाल प्रहरीमा कार्यरत यो श्रीमान/श्रीमतीको जोडी एकैपटक डिएसपी बन्दै
नेपाल प्रहरीमा श्रीमान/श्रीमती एकैपटक नायब उपरीक्षक (डिएसपी) हुने तयारीमा छन् । नेपाल प्रहरीमा हाल ५७ डिएसपीको पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले छिट्टै डिएसपी बढुवाको तयारी गरिरहेको छ ।
प्रहरीमा श्रीमान/श्रीमती नै एकैपटक डिएसपी हुन लागेका हुन्, शर्मिला गुरुङ र अनिलकुमार घिमिरेको जोडी । उनीहरु १० वर्षअघि २०६७ भदौमा प्रहरी निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका थिए ।
महानगरीय प्रहरी प्रभाग बलम...











