आइतबार कास्कीमा भूकम्पको धक्का

आइतबार कास्कीमा भूकम्पको धक्का
काठमाडौं :  कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो। पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन।

अब निजी विद्यालय ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने

अब निजी विद्यालय ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गर्नुभएको हो । हाल सामान्यत ः बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म निजी व...

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट
काठमाडौं । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभ...

अफ्रिका पुग्यो कोरोना, इटालीमा बढेको बढ्यै, अहिलेसम्म कहाँ कति मृत्यु ?

अफ्रिका पुग्यो कोरोना, इटालीमा बढेको बढ्यै, अहिलेसम्म कहाँ कति मृत्यु ?
नैरोबी — एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ ।केन्या, इथोपिया, सुडान र गिनीले शुक्रबार पहिलो संक्रमित पुष्टि गरेसँगै अफ्रिकी महादेशका ५४ मध्ये १८ मुलुकमा कोभिड–१९ संक्रमित पाइएका हुन् अधिकांश संक्रमित विदेशी नागरिक वा हालसालै विदेश भ्रमणबाट अफ्रिका पुगेका व्यक्ति छन् । १८ मध्ये कैयौं मुलुकमा संक्रमित संख्या एक अंकम...

वीरगन्ज नाकाबाट एकै दिनमा ११८ बुलेट ग्यास भित्रियो

वीरगन्ज नाकाबाट एकै दिनमा ११८ बुलेट ग्यास भित्रियो
वीरगन्ज : कोरोनाको त्रासले नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव देखिए पनि भारतबाट वीरगन्ज नाका हुँदै साविकको भन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको छ। वीरगन्ज नाका हुँदै शुक्रबार मात्रै १ सय १८ बुलेट अर्थात २१ लाख २४ हजार किलोग्राम ग्याँस भारतबाट नेपाल भित्रिएको छ। जसमध्ये काठमाडौं उपत्याकाका लागि ५१ बुलेट र अन्य ठाउँका लागि ६७ बुलेट पठाइएको नेपाल आयल निगमले जनाएको छ। गत बिहीबार पनि भा...

हतारहतारमा स्कुललाई पौने चार अर्ब

हतारहतारमा स्कुललाई पौने चार अर्ब
काठमाडौं : शिक्षा मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेर सरकारी विद्यालयलाई पौने ४ अर्ब रुपैयाँ वितरण गर्न लागेको छ। आर्थिक वर्ष सुरु भएको ८ महिनासम्म प्रक्रियासमेत सुरु नगरेको मन्त्रालयले अन्तिममा आएर रकम दिने निर्णय गरेको हो। स्कुलले सहायता रकम प्राविधिक प्रयोगशाला स्थापना, इन्टरनेट सुविधा विस्तार, स्मार्ट बोर्ड स्थापना, कम्प्युटर तथा सूचना प्रविधि प्रयोगशाला, पर्याप्त पानीसहित...

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने

प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने
काठमाडौं । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री शेरधन राईले बताए। ‘कार्यय...

अर्को सुचना जारी नभएसम्म चैत्र २ गतेबाट कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द

अर्को सुचना जारी नभएसम्म चैत्र २ गतेबाट कतारमा नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द
काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ । कोरोनाको भाइरस (कोभिड १९) को संक्रमणलाई ख्याल गर्दै आगामी चैत्र २ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ । साथै, पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृतकका शव पठाउने काम नियमित रुपमा हुने दूतावासले जनाएको छ । कतारले कोरोनाको संक्रमणको फैलन नदिन अस्थ...

कोरोनाको कारण नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द

कोरोनाको कारण नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द
काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना भाइरसको संक्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अन अराइभल भिसा दिन बन्द गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार गत साता नै चीन तथा चीन प्रशासित...

अब ५० लाखसम्म ऋण लिन कर प्रमाणपत्र नचाहिने

अब ५० लाखसम्म ऋण लिन कर प्रमाणपत्र नचाहिने
काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई टेकेर बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा सर्कुलर जारी गरेपछि कर्जा लिने र नवीकरण गर्नेले कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने भएको हो । यसअघि मौद्रिक नीतिको अर्धवार्षिक समी...