प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षाको डिस्चार्ज, प्रधानमन्त्रीको कहिले ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे उनले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् । समीक्षाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्र...











