झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गरी फरार भएका तीन जना पक्राउ

झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी  कार्यालय तोडफोड गरी फरार भएका तीन जना पक्राउ
झापा : झापामा गत भदौ महिनामा भएको जेनेजी आन्दोलनका क्रममा प्रहरी सम्पत्तिमा तोडफोड र प्रहरी पोसाक दुरुपयोगमा संलग्न रहेको आरोपमा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी नायब निरीक्षक (प्रनानि) कुलप्रसाद सापकोटाको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बिर्तामोड–५ का २० वर्षीय राजन चौध...

विराटनगरको बाल सुधार गृहबाट ९ जना फरार

विराटनगरको बाल सुधार गृहबाट ९ जना फरार
विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट ९ जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर भागेका हुन् । सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको धक्कामुक्कीबाट ड्युटीमा रहेका ३ जना सादा पोसाकका प्रहरी सामान्य घाइते भए...

बाढीपहिरोले सबैभन्दा बढी प्रभावित इलाममा ११ अर्बभन्दा बढीको क्षति

बाढीपहिरोले सबैभन्दा बढी प्रभावित इलाममा ११ अर्बभन्दा बढीको क्षति
इलाम । गत असोज १८ र १९ गतेको वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचा...

कोशीमा ९ सय ९३ डेंगु संक्रमित

कोशीमा ९ सय ९३ डेंगु संक्रमित
बेलबारी। देशभर डेङ्गु संक्रमित बढ्दै गएको छ । देशका सबै जिल्लामा ७ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । इडिसिडीको तथ्याक अनुसार ७ हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ । यस समयमा ६ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । बागमती प्रदेशमा १ हजार ७६३ जनामा डेङ्गु पुष्टि भए...

देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद

देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
कास्की : यहाँको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ । देउसीभैलो खेलेर सङ्कलित रकममा कार्यालयले केही थप गरी रु दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालय...

सरकार र नर्सहरुबीच सहमति

सरकार र नर्सहरुबीच सहमति
सरकारी सरह तलब सुविधासहित विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबीच सहमति भएको छ। शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा नर्सहरूको माग सम्बोधन गर्न भएको वार्तामा सहमति भएको हो। वार्तामा गठित कार्यदलका सबै सदस्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। तर, जेनजीको तर्फबाट वार्तामा सहभागी नर्स प्रतिनिधिले भने सहमतिपत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेकी छन्। मन्त्रालयका प्रवक्ता डा. प्...

बुढीगंगामा श्री राधाकृष्ण मन्दिर सेवा समितिको २५औं साधारणसभा सम्पन्न

बुढीगंगामा श्री राधाकृष्ण मन्दिर सेवा समितिको २५औं साधारणसभा सम्पन्न
टंकीसिन्वारी (मोरङ) — बुढीगंगा गाउँपालिका–१ टंकीसिन्वारीस्थित श्री राधाकृष्ण मन्दिर सेवा समितिको २५औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशन सम्पन्न भएको छ। मन्दिर सेवा समितिका अध्यक्ष माधव कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर रहनु भएकाे थियाे । सभालाई सम्बोधन गर्दै अध्यक्ष थापामगरले गाउँपालिकाले धर्म, संस्कृति र परम्पराको संर...

बुढीगंगाकाे विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

बुढीगंगाकाे विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त स...

आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा

आज साँझसम्म ‘मोन्था’को प्रभाव रहने, यी प्रदेशमा हुनेछ भारी वर्षा
काठमाडौँ : बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आज साँझसम्म पर्ने भएको छ । हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र उक्त प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साँझबाट मौसममा क्रमिक रूपमा सुधार हुनेछ । नेपालमा हाल पश्चिमी बायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहे...

सडक भाँसिदा मेचि राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक , सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक

सडक भाँसिदा मेचि राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक , सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको छ। यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।स्थानी...