सैनिकको शिरमा परेवा
यतिबेला धेरैको मन अशान्त र अन्यौलमा छ । अब के होला ? मन मनमा प्रश्न छ । यही बेला म सडक कुकुरलाई खाना खुवाउनका लागि निस्किएकी थिएँ ।
जेन जी आन्दोलनको तेस्रो दिन, सडक सुनसानजस्तै थियो । नेपाली सेना ठाउँ-ठाउँमा तैनाथ थिए । त्यहीबेला मैले एउटा अनौठो र सुन्दर दृश्य देखें । त्यो दृश्य थियो, एक सैनिकको शिरमा परेवा ।
सैनिक पोशाकमा बन्दुक लिएर उभिएका एक नवजानको शिरमा परेवा बसेको देखेर म चकित भए...











