महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला
काठमाडौं : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीको महाधिवेशन चाँडो गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाली ...

सुन तोलामा ७ सय घट्यो

सुन तोलामा ७ सय घट्यो
आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी ...

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण
झापा : झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा दुई करोड ३० लाख रुपैयाँको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको दुई करोड, नगरपालिकाको २० लाख र विभिन्न दाताको १० लाख रुपैयाँ लगानी रहेको छ । कनकाई नगरपाल...

मेरिल्याण्ड कलेजको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम

मेरिल्याण्ड कलेजको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम
विराटनगर — विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन्। ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा प्रस्तुत प्रभावशाली मन्तव्यका आधारमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पारेका हुन्। प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो स्थानमा रहँदा प्रफुल मेहता तेस्रो भए। सोही क्रममा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोब...

संखुवासभामा बढ्याे स्क्रब टाइफस र डेंगु सङ्क्रमितकाे संख्या

संखुवासभामा बढ्याे स्क्रब टाइफस र डेंगु सङ्क्रमितकाे संख्या
संखुवासभा । संखुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेंगी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेंगी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।स्क्रब टाइफस रोग एक ...

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन

देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, वि...

आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुने

आजको मौसमः चार प्रदेशमा भारी बर्षा हुने
काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँक...

दुहबीमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला

दुहबीमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला
सुनसरी / सुनसरीको दुहबी ४ स्थितमा निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला परेका छन् ।सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चौकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेप्टी ट्यांकीमा दुहबी वडा नम्बर २ का ५० वर्षीय श्याम बहादुर तामाङ र वर्ष ३२ को रमेश राई मृत भेटिएको प्रहरीले जनाएको छ। दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्य...

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार
सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदा...