प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने
काठमाडौं । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री शेरधन राईले बताए। ‘कार्यय...











