केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको आग्रह- संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौं
काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै सम्पूर्ण देशबासी राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन्। जेनजीको आन्दोलनबाट जलेर ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय पुगेर महरले उक्त अपिल गरेका हुन्।
‘हामी नेपालको राजनीतिको संघीन मोडमा उभिएका छौं। नेपालका जनताका पक्षमा २०९७ सालदेखिको परिवर्तनका पक्षमा रहेका नेपाली जनताले आज पनि नेपाल पुन...











