गृहमन्त्री रामबहादुुर थापा ‘बादल’का भाई नरेश थापा पक्राउ
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा फिरौती असुलेको आरोपमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।
...











