तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो । प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।त्यस्तै, ज्यान मार्ने उद्योग, रा...

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित
विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना सञ्चालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराई निर्वाचित भएका छन् । सोमबार विहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । खानेपानीको वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरे ७३५ मतले पराजित भए । उनले १ हजार १५४ म...

इलाममा विषाक्त च्याउ खाँदा २ जनाको मृत्यु

इलाममा विषाक्त च्याउ खाँदा २ जनाको मृत्यु
टिपेर ल्याएको च्याउ पकाएर खाँदा इलाममा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरुको आज (आइतबार) मृत्यु भएको हो । माङ्सेबुङ गाउँपालिका–५ घर भएका उनीहरु काम गर्नका लागि अन्तुतिर गएका थिए । मृत्यु हुनेमा माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङ छन् । च्याउ खाएका धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन् । खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्...

सुनको भाउ तोलामा १४ सयले बढ्याे

सुनको भाउ तोलामा १४ सयले बढ्याे
आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

सुनको भाउ तोलामा ११ सयले घट्याे

सुनको भाउ तोलामा ११ सयले घट्याे
शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ । #

तोलामा १७ सय बढ्यो सुन

तोलामा १७ सय बढ्यो सुन
बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?
काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन दिनसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्ध...

डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना

डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना
इटहरी । कोशी प्रदेशका सांसद सवार गाडीलाई कानेपोखरीमा डीएसपी सवार गाडीले ठक्कर दिएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक...

सुन प्रति तोला ३५ सयले घटयो

सुन प्रति तोला ३५ सयले घटयो
काठमाडौं / आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२...

सुन तोलामा २ हजार घट्यो

सुन तोलामा २ हजार घट्यो
नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ। सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ। ३० वैशाख, काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महास...