नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ।
सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ।
३० वैशाख, काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ ।

तपाईको प्रतिक्रिया