भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास, जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक सहभागी
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ ।
नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली से...