भारतमा एकै दिन १ लाख ५९ हजारमा संक्रमण पुष्टि

भारतमा  एकै दिन १ लाख ५९ हजारमा संक्रमण पुष्टि
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएक...

विश्वमा कोभिड लहरः संक्रमण दर तीव्र, मृत्यु दर न्यून

विश्वमा कोभिड लहरः संक्रमण दर तीव्र, मृत्यु दर न्यून
पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट सुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका बिभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको छ । विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार ११८ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिड...

पाकिस्तानमा वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित

पाकिस्तानमा  वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित
पाकिस्ताामा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी यहाँका सयौँ व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ । पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन् ।यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनि...

दाह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि…

दाह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि…
चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए । पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी...

भारतमा थप एक लाख भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार नाघ्यो

भारतमा थप एक लाख भन्दा बढी कोरोना सङ्क्रमित, ओमिक्रोनका सङ्क्रमति तीन हजार नाघ्यो
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मु...

भारतमा २४ घण्टामा ९० हजार ९२८ जना कोरोना सङ्क्रमित

भारतमा २४ घण्टामा  ९० हजार ९२८ जना कोरोना सङ्क्रमित
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थ...

भारतमा ओमिक्रोन संक्रमित एक महिलाको मृत्यु

भारतमा ओमिक्रोन संक्रमित एक महिलाको मृत्यु
भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि ...

कुवेतमा कोरोना संक्रमण बढ्यो, सामाजिक जमघटमा प्रतिबन्ध

कुवेतमा कोरोना संक्रमण बढ्यो, सामाजिक जमघटमा प्रतिबन्ध
पछिल्लो दिनहरूमा कुवेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएसँगै कुवेत सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेतस्थित नेपाली दूतावासले जारी गरेको सूचना अनुसार ९ जनवरी देखि २८ फेब्रुअरीसम्म सबै भित्री सामाजिक जमघटहरूमा प्रतिबन्ध लगाइएको हो । त्यस्तै कुवेत प्रवेश गर्ने सबै यात्रुहरूले यात्रा गर्नुपूर्व ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पे...

ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्किदा १० जनाको मृत्यु

ग्यास सिलिन्डरले भरिएको ट्रकसँग बस ठोक्किदा १० जनाको मृत्यु
भारतको झारखण्डमा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । झारखण्डको पाकुडमा बुधबार बिहान भएको दुर्घटना १० जनाको मृत्यु भएको हो । साहिबगञ्जबाट दुमका जाँदै गरेको बस लिट्टीपाडा–अमडापाडा रोडमा ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्किएको थियो । बसमा ४० भन्दा बढी यात्रा गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा करिब २५ जना घाइते छन् । स्थानीयका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्य...

कोरोनाका कारण भारतमा एकै दिन ५ सय ३४ जनाको मृत्यु

कोरोनाका कारण भारतमा एकै दिन ५ सय ३४ जनाको मृत्यु
भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार...