औषधिय गुणले भरिपुर्ण मसला हो जाइफल । जाइफलको गेडा र तेल औषधिको रुपमा प्रयोग गरिने गरिन्छ । जाइफलको प्रयोगले महिनावारी गडबडी, खानाको अरुची, अनिद्रा जस्ता समस्या समाधान हुन्छ ।

यदि तपाईलाई निद्रा लाग्दैन भने जाइफल दुधसँग मिसाएर खाँदा निद्रा लाग्छ । तपाईको हातगोडा र जीउ दुखेको छ भने जाइफललाई पानीमा पकाएर मह मिसाई खाएमा ठिक हुन्छ ।

जीउ दुख्दा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा ठिक हुन्छ । डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया