पुर्बका चर्चित मोडेल रोसन श्रेष्ठको “आखा को परेली” म्युजिक भिडियाे सार्बजनिक भएकाे छ । गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा ‘आखाको परेलि ’ भिडियाे सार्वजनिक भएको हाे । उत्त म्युजिक भिड्योमा चर्चित मोडेल रोशन श्रेष्ठ, सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन ।
उत्त भिडियो निर्देशक घिमिरेले आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट गएको राति सार्वजनिक गरेका हुन् । गए राति सार्वजनिक भएको भिडियो छोटो समयमा आफना दर्सकहरु बाट राम्रो प्रतिकृया पाइरहेको छ। उत्त गीतमा डिर्म्स फोटोग्राफिका फोटो ग्राफर सम्योग जङ्ग बिष्टले छायांकन सम्पादन,डिओपी तथा कलर करेक्सन गरेका छन । सार्बजनिक भएको गीतमा शब्द गायिका सन्ध्या जोशीकै रहेको छ् भने संगीत सन्ध्या जोशी र् विशाल सविकरले भरेका छन । गीतको संगीत संयोजन, मिक्सिङ र् रेकर्डिङ मनोज थापा मगरले गरेका हुन्। माेडेल राेसन श्रेष्ठले यस अघी दर्जनौं म्युजिक भिडियोमा खेलिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया