कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यो वि.स. २०३२ (सन् १९७६) सालमा स्थापना भएको हो । यस कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ ।

सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४४१ प्रजातीका चराहरू, २१९को संख्यामा दुर्लभ अर्ना र १२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ ।

नेपाल सरकारले जनसहभागितामा संरक्षण कार्य अगाडि बढाउने लक्ष्यले मध्यवर्ती क्षेत्रको घोषणा गरी, यस मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन २०६१ भदौ ३१ मा गरिएको थियो । मध्यवर्ती क्षेत्रको क्षेत्रफल १७३ वर्ग कि.मी रही ३ जिल्लाको (सुनसरी, सप्तरी, उदयपुर) १६ वटा गाउँहरु समेटिएको छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलले विशेष गरेर आरक्ष वरिपरी रहेका प्राकृतिक श्रोतको संरक्षण र सदुपयोग, स्थानीय सामुदायिक विकास लगायत आरक्ष संरक्षणमा सहयोग र सल्लाहकारको भुमिका निर्वाह गर्ने गर्छन् ।

यस कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाईन्छ । गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्युनतम वर्षा सँग संगै तिब्र गर्मी हुन्छ । यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ । मनसुन जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्रसम्म लगातार भारी वर्षा रहन्छ । सबैभन्दा भारी वर्षा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुभव पनि हुने गर्छ ।

शिसिर ऋतुमा सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम चिसो हुने गर्दछ । यहाँ पूर्व पश्चिम राजमार्गबाट भएर जान सकिन्छ । यस प्राकृतिक संरक्षण क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा र अन्य भन्दा धेरै जातिका चराचुरीहरूको बसोबास स्थल हो ।

कोशी टप्पु वन्य जन्तु आरक्षण मुख्यतः घाँसे मैदानले भरिएको छ । साथै यहाँ खयर, साल तथा सिसौ लगायतका वनस्पतिहरू पाइन्छन् । विश्वमा नै दुर्लभ मानिएका चराचुरुगीहरू सहित ४४१ प्रजातिका चराचुरुंगीहरू पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटा लगायतका पंक्षीहरू पाइन्छन् । मुख्यतः लोपोन्मुख अवस्थामा रहेका अर्ना (जंगली भैँसी)हरू पाईने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तैः हात्ती ,हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिंगर आदि जनावरहरू पाइन्छन् । कोशी टप्पु वन्य जन्तु आरक्षण क्षेत्रमा  रहेका हात्ति यस्ता छन । हेनुहाेस त

तपाईको प्रतिक्रिया