केमिकल्स र रङले भरिपूर्ण पेय पदार्थ पिउनुभन्दा ताजा फलफूलको जुस र शुद्ध पानी नै पिउनु उपयुक्त हुन्छ।

तिर्खा लागेको छ, मुख प्याकप्याक भएको छ र शरीरमा पानीको कमिको महशुस भएको छ भने पानी पिउनुहोस्। पानीले कुनै असर गर्दैन, बरु हाम्रो शरिरलाई अझ फुर्तिलो र तन्दुरुस्त बनाउछ।

फुड एण्ड न्युट्रिसन बोर्डका अनुसार महिलाले दिनमा २.७ लिटर र पुरुषले ३.७ लिटर पानी पिउनु आवश्यक छ। उपयुक्त समयमा पर्याप्त पानी पिउनाले हाम्रो शरिरलाई अझ धेरै फाइदा पुर्याउछ।

मनतातो पानीबाट दिनको सुरुवात

आफ्नो शरिरलाई स्वतःस्र्फूृृृत बनाई दिनको राम्रो सुरुवात गर्न एक वा दुई गिलास मनतातो पानी पिउनु पर्छ। बिहान उठ्ने बित्तिकै पिएको मनतातो पानीले भित्रि अङ्गहरुलाई स्वचालित गराउनुका साथै शरीरको टक्सिनलाई हटाउँछ र मुत्रनलीको समेत सफाई गर्छ। पहिलो गीलास पानी पिएको आधा घण्टा पछि मात्र बिहानको नास्ता गर्न राम्रो हो।

खाना अघि

खाना खानु ठिक आधा घण्टा अघि एक गिलास पानी पिउनु उत्तम हु्रन्छ। यसले खाना पचाउन र शरीरको तौल घटाउन पनि सहयोग गर्छ। यसले खानाबाट प्राप्त हुने पोषक तत्वलाई सोसेर शरीरको अङ्गहरूमा पुर्‍याउँछ।

खाना पछि

खाना खाने बित्तिकै कहिल्यै पानी पिउनु हुँदैन। खाना पच्नको लागि उत्पादन भैरहेको पाचन रस बगाएर लग्नसक्छ। खाना खाएको एक घण्टा पछि मात्र पानी पिउने गर्नुपर्छ।

नुहाउनु अघि

नुहाउनु अघि पिएको एक गिलास पानीले रक्तचाप घटाई शरिरको तापक्रमलाई सन्तुलित राख्छ।

सुत्नु अघि

सुत्नुभन्दा करिब आधा घण्टा अगाडि पिएको एक गिलास मनतातो पानीले रात्रीकालिन निद्रामा गुम्न सक्ने कुनै पनि शारीरिक उत्पादन तत्वलाई परिपुर्ति गर्छ। तर यदि तपाईँ मृगौलामा पत्थरी भएको छ वा मुटुको रोगी हुनुहुन्छ भने सुत्नु अगाडि पानी नपिउनुस्। यसले बढि प्रेसर दिएर ती अङ्गहरुलाई झनै कमजोर बनाउन सक्छ।

व्यायाम अघि र पछि

पानीले थकानलाई नियन्त्रण गर्नुका साथै पोषक तत्वलाई शरीरमा परिसञ्चालन गर्छ। त्यसैले व्यायाम गर्नु केही समय अघि पानी पिउनु अति उत्तम हुन्छ तर पानी पिउनासाथ व्यायाम भने गर्न हुँदैन।
साथै व्यायाम पछि पनि पानी पिउनुपर्छ। यसो गर्नाले शरीरमा तरल पदार्थको स्तरलाई सही अवस्थामा राख्छ र मुटुलाई नियन्त्रित अवस्थामा राख्छ। तर व्यायाम लगत्तै हैन केही विश्राम पछि पानी पिउनु पर्छ।

यदि गर्भवती हुनुहुन्छ भने पर्याप्त पानी पिउनुस्

गर्भवती र स्तनपान गरारहेका आमाहरुले आम मानिसहरूभन्दा बढि पानी पिउनुपर्छ। लगभग दिनकोे दस गिलास जति पानी उनीहरुको लागि आवश्यक हुन्छ।

यदि बिरामी हुनुहुन्छ र बिरामीको वरिपरि बसिरहनु भएको छ भने

बिरामी भएको अवस्थामा र बिरामी कुरुवाको रुपमा बिरामीको वरिपरि बसिरहनु भएको छ भने पर्याप्त पानी पिउने गर्नुस्। यसो गर्नाले जीवाणु र किटाणुलाई हटाउन मद्दत गर्छ र तपाईँको शरीरमा सङ्क्रमण गराउन सक्ने जीवाणुहरूलाई पनि टाढा राख्न सहयोग गर्छ।

शुद्ध पानी पिउनुस् र सधैं स्वस्थ अनि फूर्तिलो रहनुस्।

तपाईको प्रतिक्रिया