पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता रवि लामिछाने प*क्राउ परेपछि चितवनका सडकमा पाँच दिनदेखि भइरहेको गतिविधिप्रति  मंगलबार प्रतिनिधिसभामा सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले लामिछाने प*क्राउ परेपछि उत्पन्न परिस्थितिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको भन्दै सरकारलाई सजग गराएकी छिन् । उनले  चितवनमा भइरहेको कामलाई सहि मान्न नसकिने र यस्तो बेलामा भिडले गलत काम गर्न सक्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने बताएकी छिन् । त्यस्तै, नेकपा सांसद हितबहादुर तामाङले पनि चितवन घ*टनाप्रति चिन्ता ब्यक्त गरेका छन् । तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले पनि अनुसन्धान निश्पक्ष हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया