काठमाडौं / पत्रकार रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरि चितवन जान सुझाव दिएको छ । पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्।

प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको हाे ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन्।

पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया