शालिकराम पुडासैनीको मृ*त्यु प्र*करणमा कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रहरी हि*रासतमा रहेको बेला उनको प*क्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको छ भने आवाज पनि पक्ष र विपक्ष दुवैमा उत्तिकै बुलन्द बनेका छन् । एकथरीले रविलाई व्यक्तिगत रिसिबी साँध्नको लागि फ*साउने प्रपञ्च रचिएको र सोहीअनुसार ष*ड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् । अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घ*ट्नाको अनुशन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकार्षण गराएका छन् ।

यो प्र*करणलाई लिएर अहिले संसदमा समेत आवाज उठिरहेका छन् । दे*हत्याग गरेका पत्रकार पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्छ भन्ने आवाज पनि सशक्त बन्दै गएको छ । उता, लामिछानेको परिवारले यो प्र*करणमा रविलाई फसाउन खोजेको दाबी गर्दै आइरहेका छन् । चर्चित रेडियो पत्रकार तथा रविका दाजु हरिशरण लामिछाने भाई रविलाई अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताउंछन् ।

उनले आफ्ना भाई रवि फुलमाला लगाएर सम्मानका साथ बाहिर निस्कने दावीसमेत गरेका छन् ।उनले आफूहरुले रविको पक्षमा नारा*वाजी गनुपर्छ भनेर हुलहुज्जत वा समर्थकहरु जम्मा नगरेको पनि जिकिर गरेका छन् । तर, रविको पक्षमा स्वतस्र्फूत सडकमा आएका समर्थकहरुको आफ्नो अधिकारको कुरा भन्दै उनले प्र*दर्शन नगर वा सडकमा नआउ भनेर कसरी भन्न सकिन्छ ? भन्दै प्रश्न तेर्साएका छन् ।

तपाईको प्रतिक्रिया