प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै, खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिएका छन्।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झु*ण्डि*एको अवस्थामा मृ*त भेटिएका थिए। उनले आ*त्मह*त्या गर्नु अघि रुँदै आफैले मोबाइलमा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले म*र्न बाध्य पारेको बताएका छन्। साेही भिडियाेकाे आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते प*क्राउ गरी चितवन लगेकाे थियाे।

तपाईको प्रतिक्रिया