मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मान सम्मान तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ भने आर्थिक अवस्था भनेजस्तो हुनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारि काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबित मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुँने हुँनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रनेहुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुँने ग्रहयोग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । अदालतबाट आउँने निर्णयहरू तपाइकै पक्षमा आउँने हुँनाले एक किसिमको उमङग शरीरमा आउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शिक्षा क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपाहार पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेको छ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) सवारी साधनको व्यापार व्यावसायमा अलि बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुँनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यावसायमा लगानी बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । आफन्त तथा इष्टमित्रसँग मनमुटाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनावश्यक ठाउँमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावासायमा लागिन गरी आम्दानी गर्नको लागि केही समय कुर्नु नै बेस हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) कनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरू पनि प्रभावित हुनेछन् । व्यावसायमा लागिन गर्दा तत्काल कुनै फाइदा नदेखिए पनि पछिको लागि राम्रो रहनेछ । आर्थिक अवस्था कमजोर हुनेछ भने यही बेलामा रुपैयाँ पैसा माग्नेहरू आउनेछन् । राजनीति तथा सामाजिक काममा जनताकाmे काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथी सँग मनमुटाव बढ्ने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा अग्रजहरू सँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

तपाईको प्रतिक्रिया