केन्द्रिय सरकारले बेरोजगार युवा जनशक्ति लाई श्रममा जोड्ने योजना अन्तरगत चलाउदै आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बुढीगंगा गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ। ७ बटा वडा भएको गाउँपालिकामा हालसम्म वडा नं. ४ मा बाहेक अरु वडामा लगभग अन्तिम चरणमा पुगेको छ। हालसम्म गाउँपालिका अन्तर्गतको वडा नं. १ र ६मा कार्यक्रम जारीरहेको छ भने वडा नं. ३ , ५ र ७मा भने कार्यक्रम अनुसार कार्य सम्पन्न भैसकेको छ।
आर्थिक बर्ष २०७८/७९ को लागि कार्यक्रम अन्तर्गत गाउँपालिकाले किस्ता-किस्ता गरेर केन्द्र सरकारबाट रु.८१ लाख पाउने छन्।  गाउँपालिकाले स्वरोजगार कार्यक्रम अन्तर्गत श्रमिक लाई प्रत्येक दिनको श्रम बाट रु.५७७/- भुक्तानी गर्नुपर्ने गाउँपालिकाको रोजगार संयोजक संगीता घिमिरेले बताईन।
गाउँपालिकाले कार्यक्रम अन्तर्गत वडाको रोहबरमा विभिन्न वडाहरुमा नाला खन्ने , बाटो खन्ने , खेलकुद मैदान निर्माण गर्ने तथा मठ मन्दिर सरसफाई गर्ने काममा श्रमिकलाई लगाउने गरेको घिमिरेले जानकारी दिईन।
कार्यक्रममा दिने गरिएको दैनिकी सामान्य चलनचल्तीको दर भन्दा कम भएकोले पुरुषहरु कार्यक्रम भन्दा अन्तै उद्योगमा काम गर्ने जाने र प्राय जसो महिलाहरु कार्यक्रममा आबद रहेको जानकारी गराईन। हाल कार्यक्रम अन्तर्गत १०० जना जति महिला श्रम गरिरहेका बताईन।

तपाईको प्रतिक्रिया