विराटनगर । सिरहा गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या आरोपमा प्रहरीले उनका पाँच जना साथीलाई पक्राउ गरेको छ ।
असोज २८ गते साँझ सुखीपुर नगरपालिका– १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव भेटिएको थियो । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ परेका छन् । मृतक र हत्या आरोपी लागुऔषध सेवनकर्ता हुन् ।
महराले केटी साथी भेट्न जाने भनेपछि सुरु भएको विवदमा उनको हत्या भएको हो ।असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए मेलामा भेला भएका साथीहरु खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे । त्यसपछि कृष्णले प्रेमिका भेट्न जाने बताएका थिए । तर उनीसँग भएका अन्य साथीहरुले आफूहरुले पनि भेट्ने प्रस्ताव राखे ।
त्यसपछि उनीहरुबीच विवाद भयो । विवादकै क्रममा कृष्णलाई अन्य साथीले हत्या गरे । हत्यापछि उनीहरुले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर पुरेका थिए ।पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
May be an image of 5 people and text
All reactions:

27

तपाईको प्रतिक्रिया