चर्चित हास्य टेलिश्रृखला “भद्रगोल” आजदेखि फेरि नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने “भद्रगोल” अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो । दर्शक माझ निकै रुचाएको “भद्रगोल” टेलिफिल्मलाई स्थापना कालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्दै नेपाल टेलिभिजनबाट आउन लागेका हो ।

हरेक शुक्रबार ८: ३० बजे प्रसारण हुने “भद्रगोल” नयाँ शैलीसहित निर्देशनमा समेत हात हालेका काफ्ले भद्रगोलमा पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आउने भएका छन् भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् । काम विशेषले नियमित हुन सकिएन् काफ्लेले भने, ‘बहुचर्चित हास्य टेलिश्रृखला हामी सबै मिलेर जन्माएका थियौँ बन्द हुनुहुदैन् भन्ने हाम्रो मान्यता हो, यहि कारण अब आफै निर्देशन सहित आएको छु, आशा छ, दर्शकको माया थप पाउनेछु ।’

तपाईको प्रतिक्रिया