काठमाडौं । सरकारले पुनस्र्थापना केन्द्र बनाएर उपचार गर्न नसक्दा देशका विभिन्न भागमा कष्टकर जीवन भोग्न बाध्य १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनीहरू हेपाइमा परेका छन् । विभिन्न कारणले दुव्र्यसन अँगाल्न पुगेका उनीहरूको समयमै उपचार र पुनस्र्थापना हुन नसक्दा जीवन नै संकटमा पर्ने गरेको छ । दुव्र्यसनमा परेकाहरूको परिवार, समाज र सरोकारवाला समेतमा गम्भीर असर परिरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

गृह मन्त्रालयका सहसचिव एवं मुख्य औषध नियन्त्रण अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले लागूऔषध दुव्र्यसनविरुद्ध प्रभावकारी र सशक्त अभियान थाल्नुपर्ने बताए । उनले लागूऔषध दुव्र्यसन सुखी र समृद्ध नेपाल निर्माणको बाधकसमेत भएको बताए लागूऔषध दुव्र्यसन गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको अधिकारीहरूको अनुमान छ । दुव्र्यसनीहरूको संख्या रोक्न समेत प्रभावकारी उपाय अवलम्बन गर्न सकिएको छैन ।

गृह मन्त्रालयका अनुसार बर्सेनि लागूऔषध दुव्र्यसनीको वृद्धि दर ११।३६ प्रतिशत छ । नेपालमा १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनीमध्ये मुस्किलले ८ देखि १० हजार मात्रै उपचार प्रक्रियामा छन् । त्यसबाहेक अन्य सबै दुव्र्यसनीहरू उपचार र पुनस्र्थापनाभन्दा बाहिर छन् । नेपालमा कुल अपराधमध्ये ७ प्रतिशत अपराध लागूऔषधसँग सम्बन्धित रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार २०६३ मा ४६ हजार ३ सय ९ जना लागूऔषध दुव्र्यसनी थिए । त्यसपछि सो संख्या बढ्दै २०६९ मा ९१ हजार ५ सय ३४ र २०७४ मा १ लाख ५६ हजार पुगेको हो । मन्त्रालयका सहसचिव शर्माले पछिल्लो समयमा लागूऔषध दुव्र्यसनीको संख्या पत्ता लगाउन नयाँ गणना गर्ने तयारी भइरहेको जानकारी दिए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया