गर्भावस्था एक विशेष अवस्था मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा गर्भवतीले आफ्नो स्वास्थ्यप्रती पूर्ण सावधानी अपनाउनुपर्छ ।

गर्भवतीले खानपान र आरामका साथै शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । विभिन्न चरणमा आउने परिर्वतन र जटिलताहरु यसप्रकार छन् ।

पहिलो चरण (शुरुदेखि १२ हप्तासम्म)

गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चरणको रुपमा लिइन्छ । गर्भवतिले यस समयमा बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यो अवधिमा गर्भ तुहिने सम्भवना उच्च हुन्छ ।

यो अवधिमा बेलाबखत ‘स्पोट ब्लीडिङ’ हुन सक्छ । यो भनेको एक दुई थोपा रगत देखिनु हो । यसलाई सामान्य रुपमा लिनुपर्छ ।  तर, अलि बढी नै ब्लीडिङ हुन थाल्यो भने स्वास्थ्य परिक्षण गराइहाल्नुपर्छ । अन्यथा गर्भ तुहिने खतरा बढेर जान्छ ।

सामान्यतया गर्भ बसेको १० हप्तापछि वाकवाकी लाग्न शुरु हुन्छ । कसैलाई आवश्यकभन्दा बढी पनि वाकवाकी लाग्न सक्छ । यो समस्या पोषण तत्वको सन्तुलन नमिलेर र बढी हर्मोनको कारणले हने गर्दछ ।

कहिलेकाँही ‘हाइडाटिड मोल’ अर्थात गर्भ नबस्ने, तर गर्भवतीको जस्तो लक्षण देखिने पनि हुनसक्छ । यस्तो अवस्थामा महिलाको पाठेघरमा बच्चा नहुर्केर एक प्रकारको मासुको डल्लो हुर्किरहेको हुन्छ । यस्तो समस्या भएमा चिकित्सकको मदतले वास गरी फाल्नुपर्ने हुन्छ ।

दोस्रो अवधि  (१३ देखि २८ हप्तासम्म)

गर्भवती भएको १३ देखि २८ हप्तासम्म सम्मको अवधिलाई दोस्रो चरणको रुपमा लिइन्छ । यो अवधिमा केहि गर्भवतीको रक्तचाप बढ्न सक्छ ।  जुन आमा र बच्चा दुवैको लागि खतरा हो । गर्भवती भएको जानकारी पाएपछि रक्तचाप र हर्मोन परिक्षण गराउनुपर्छ ।  तर, यो अवधिमा गर्भ तुहिने सम्भावना भने अत्यन्तै न्युन हुन्छ ।

१६ देखि २० हप्ताको अवधिबाट आमाले पेटमा बच्चा चलेको अनुभुति गर्न सक्छिन् । यस अवस्थामा भुण्र कम वा बढी चल्यो भने परिक्षण गर्न जरुरी हुन्छ ।

तेस्रो अवधि  (२९ देखि शिशु जन्मिनुअघिको समय)

गर्भवती भएको २९ देखि  शिशु जन्मिनुअघिको समयलाई तेस्रो चरण भनिन्छ । यस चरणमा प्रवेश गर्दा शिशुको तौल अत्याधिक बढ्ने गर्छ । यो अवधिमा शिशु कुन पोजिशनमा छ भनेर जनकारी लिन जरुरी हुन्छ ।

यो अवधिमा गर्भवतीले राती १० र दिउसो दुई घण्टा अनिवार्य आराम गर्नुपर्छ । त्यसका साथै भारी काम गर्न हुँदैन ।

गर्भवति भएको आठौ र नवौं महिनामा साल र नालको पनि विकास हुन्छ । गर्भवती भएको अन्तिम महिनामा जन्मको तयारी गर्नुपर्छ । यस्तो अवस्थामा कहाँ लगेर प्रसुती गराउने, केहि जटिलता उत्पन्न भए रकमको व्यवस्ता, गर्भवती महिलाको ब्लड गुप्र मिल्ने व्यक्ति लगायत अन्य सम्भावित जटिलता समाधानको लागि पूर्व तयारी गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया