नवौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता मा माेरङ बुढीगंगाकाे टंकीसिन्वारीमा रहेकाे “न्यू सेप कराते एकेडेमी” का खेलाडीले पहिलो स्वर्ण प्राप्त गरेका छन् । धरान रंगसालामा सम्पन्न प्रदेश नं १ अन्तर्गतकाे नवाैं राष्ट्रिय खेलकुद बृहत कराते प्रतियोगिता पूरुष ५० कि.ग्रा. ताैल समुहमा न्यू सेप कराते एकेडेमीका खेलाडी महेश यादवले पहिलाे स्वर्ण प्राप्त गरेका हुन् । उनले याे भन्दा पहिला दुई पटक गाेल्ड मेडल प्राप्त गरिसकेका थिए । महेश यादवले स्वर्ण प्राप्त गरे सँगै मोरङ बाटै ५५ के जि तर्फ अनिश मण्डल र ८४ केजि तर्फ राेजन खड्काले गोल्ड मेडल पाउन सफल भएका छन् । प्रदेश स्तरीय नवौं राष्ट्रिय खेलकुद कराते प्रतियोगिताकाे लागि १४ जिल्ला बाट कडा प्रतिस्प्रधा भएको थियो । नवौं राष्ट्रिय खेलकुद कराते छनौट प्रतियोगिता २०७९ भदौ ३० गते देखि शुरु भई असाेज ३ गते सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
इन्स्पेक्टर सन्ताेष न्याैपाने लाई ‘बेस्ट पुलिस अफ दी मन्थ’
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक...
मेरिल्याण्डको अर्को सफलता, प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम
नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयद्वारा शुक्रबार आयोजित कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तर कलेज स्तरीय हाजिर...
प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मेरिल्याण्ड कलेजका रजनीश प्रथम
विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थी रजनीश न्यौपानेले नेपाल बीमा प्राधिकरण कोशी प्रदेश का...
महानगरमध्ये विराटनगरलाई सबैभन्दा कम संघीय अनुदान,समपुरक र विशेष पाएन
विराटनगर । आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले देशका छ महानगरपालिकालाई कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान उ...
नेपाल प्रहरीमा ५०९ जना इन्स्पेक्टरको एकै पटक सरुवा
काठमाडौं । नेपाल प्रहरीमा ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स...
माेरङकाे सीमावर्ती क्षेत्रबाट ९२२ किलो गाँजा बरामद
विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्...
















