मोरङको उर्लाबारीस्थित मावा खोलामा आयोजित छठ पर्वमा छुरा प्रहार बाट एकको मृत्यु भएको छ । दमक-१० बस्ने १४ बर्सिय दिउस श्रेष्ठको छुरा प्रहारबाट आईतबार साझ ज्यान गएको हो । छुरा प्रहारबाट घाईते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो
गोदाबरी हस्पिटलबाट रेफर भैइ झापाको बिएण्डसि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मृकतका वुवा धनबहादुर श्रेष्ठले बताए । छुरा प्रहार गर्नेहरुको पहिचान हुन सकेको छैन । छोरालाई छुरा प्रहार गरिएको रहेछ, गोदाबरी हस्पिटल उर्लाबारीबाट फोन आएपछी थाहा पायौ, त्यहा पुगेर हेर्दा रगताम्य थियो,मृतकका बुवा श्रेष्ठले भने, बिएण्डसि हस्पिटलमा उपचारको क्रममा मृत्यु भयो ।
उनले प्रहरीमा जानकारी गराएर हस्पिटलबाट शव उर्लाबारी ल्याउने तयारी भै रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया