पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् ।

पाठेघर महिलाको अस्तित्वसँग जोडिएको हुन्छ । सृष्टिको उद्गम विन्दु मानिने पाठेघर हेरचाहमा विशेष ध्यान नदिदा महिलाहरुलाई जीवनभर पीडा भोग्नु पर्ने हुन्छ । पछिल्लो समय धेरै महिलाहरु पाठेघरको समस्याबाट ग्रसित छन् । पाठेघरमा के कस्ता समस्याहरु आउँछन् ?

१. महिलाको जिवनमा पाठेघरको महत्व कति छ ? 

महिलाहरुका लागि पाठेघरको महत्वपुर्ण धेरै छ । पाठेघर बच्चा जन्माउनका लागी मात्र नभई महिनावारी हुनका लागी पनि आवश्यक पर्छ । पाठेघर बिना महिला स्वस्थ्य हुन सक्दैनन् । त्यसैले महिलाका लागी पाठेघर महत्वपुर्ण छ ।

सामान्यतय पाठेघरको फैलावट सात देखि आठ सेन्टिमिटर (से मि) हुन्छ । एक पटक बच्चा भइसकेपछि पाठेघर तन्किएर अर्थात लम्बिएर नौं देखि दश से मि हुन्छ ।

२. पाठेघरमा के कस्ता समस्याहरु देखिन्छन् ?

पाठेघरको मुख , डिम्बाशय (ओभरी) र  पाठेघर यि तिनवटा अंगलाई समग्रमा पाठेघर भनेर बुझिन्छ । यि तिन भागमा समस्या परे महिलालाई दुख दिने गर्दछ । पाठेघरमा देखिने केहि समस्याहरु यसप्रकार रहेका छन् ।

पाठेघरमा अ‍ैजेरो अर्थात मासु पलाउने

पाठेघर क्यान्सर

डिम्बाशयमा सिस्ट (पानीको फोका) पलाउने

डिम्बाशयमा ट्युमर (क्यान्सर)

पाठेघरको मुखको क्यान्सर

सेतो पानी बग्ने

पाठेघरको संक्रमण (इन्फेक्सन)

३. कुनै पनि महिलाले आफ्नो पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? कस्ता लक्षणहरु देखिन्छन् ?

धेरैजसो महिलाले पाठेघरको काम बच्चा जन्माउने मात्र हो भनेर बुझेका हुन्छन् । त्यसैले त्यति हेरचाह गरिएको देखिदैन । कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा यस्ता लक्षणहरु देखिन सक्छन् ।

पाठेघर सुनिन्दा अत्याधिक पेट दुख्ने र रगत जाने जस्ता लक्षणहरु देखिन्छन् तर पाठेघर सुन्निएको छ भनेर थाहा पाउनका लागी बिशेषज्ञसँग परिक्षण गराउनै पर्छ । पाठेघर सुन्निएको छ वा छैन भन्ने थााह पाउनका लागी भिडियो एक्सरे गरिन्छ । साथै कतिपय अवस्थामा बिशेषज्ञले योनीबाट हात हालेर पनि हेर्ने गर्छन् ।

महिनावारी भएपछि नगन्हाउने सेतो सफा पानी बग्ने समस्यालाई सामान्य मानिन्छ । तर सेतो पानी जाँदा गन्हाउँछ, योनी चिलाउँछ, फोका फोका जस्तो डावर देखिएमा त्यसलाई इन्फेक्सन भएको बुझिन्छ । इन्फेक्सनलाई उपचार गरिहाल्नुपर्छ । समयमा नै इन्फेक्सनको उपचार नगरेमा इन्फेक्सन फैलिदै गएर पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ । सामान्यतय पाठेघरमा समस्या भए देखिने लक्षणहरु यसप्रकार रहेका छन् ।

समयमा महिनावारी नहुने

महिनावारी हुदाँ अत्याधिक रगत बग्ने

महिनावारी हुदाँ अत्याधिक पेट दुख्ने

सेतो पानी बग्ने

योनी चिलाउने

यौन सम्पर्क गर्दा दुख्ने

यौन सम्पर्क गर्दा रगत देखा पर्ने

४. महिलाको पाठेघरमा यस्ता खाले समस्याहरु के कारणले आउन सक्छन् ?

प्रायः पाठेघरमा आउने विभिन्न समस्याका कारणहरु केहि समान खालका हुन्छन्  भने केहि अलग अलग किसिमका हुने गर्छन् । पाठेघरमा आउने विभिन्न समस्याका केहि कारणहरु यसप्रकार छन् ।

यौनांगको सरसफाईमा ध्यान नदिदाँ पाठेघर इन्फेक्सन हुन सक्छ । पिसाबको इन्फेक्सनबाट पनि पाठेघर इन्फेक्सन हुन सक्छ । एक भन्दा धेरै व्यक्तिसँग र कलिलो उमेरमा नै यौन सम्पर्क गर्नाले पनि पाठेघर इन्फेक्सन हुनसक्छ  । कलिलो उमेरमा यौन सम्पर्क गर्दा उसको शरीर र भजाइना पनि राम्रोसँग विकास भइसकेको हुदैँन । साथै किटाणुसँग लड्नका लागी इम्युनिटि पावर ( किटाणुसँग लड्ने क्षमता) पनि कम हुन्छ । त्यसैले कहिलो उमेरमा यौन सम्पर्क गर्दा इन्फेक्सन हुने सम्भाबना उच्च हुन्छ ।

तपाईको प्रतिक्रिया