आँखा पाक्ने समस्या पछिल्लो समय कोशी प्रदेशमा एकदमै बढिरहेको छ। यो एक प्रकारको भाइरल इन्फेक्सन हो । यो समस्या कहिले धेरै व्यक्तिमा तथा कहिले थोरै व्यक्तिहरुमा देखिने गर्छ । पछिल्लो समय भने यो समस्या कोशी प्रदेशमा व्यापक रुपमा देखिएको छ । भाइरल इन्फेक्सन् चाँडै नै संक्रमण हुने गर्छ । यो एडिनो नामक भाइरसका कारण हुने संक्रमण हो ।

आँखा पाक्ने रोगका लक्षणहरु 
आँखा पाक्ने समस्या हुँदा बिरामीहरुमा एकनासको लक्षण देखा पर्दैन । आँखा पाक्ने समस्या सुरु हुने समयमा आँखामा हल्का पोले जस्तो हुने गर्छ ।

आँखा पोल्ने, चिलाउने, बिझाउने, हल्का दुख्ने, रातो हुने तथा आशु बग्ने हुन्छ।

कसैलाई सामान्य  रातो पन भएर छिटो हराउदै जन्छ।

ब्याक्टेरियल इन्फेक्सन भएमा आँखामा बाक्लो चिप्रा लग्ने हुन्छ

आँखा रातो हुनु ।

कसैलाई विस्तारै आँसु आएर निको हुने पनि हुन्छ ।

आँखा बिझाउने,पोल्ने ।

आँखा दुख्ने ।

विराट मेडिकल कलेजमा आँखा सम्बन्धी कस्ता समस्या लिएर बिरामीहरु आउँछन् ?
आँखाको सामान्य तथा जटिल समस्या भएका बिरामीहरु पछिल्लो समय विराट मेडिकल कलेजको आँखा विभागमा उपचारका लागि आउने गरेका छन् । कतिपयलाई सामान्य रुपमा आँसु तथा चिप्रा आउने समस्या  देखिएको छ । धुँलो, धुवा तथा आँखाको सरसफाई राम्रोसँग गर्न नसक्दा पनि आँखा पाक्ने समस्या पछिल्लो समय बढेको हो । ब्याक्टेरियल इन्फेक्सनका लागि चिप्रा लाग्ने जस्ता समस्याहरु बढी मात्रामा देखिएको हो ।

सुरुवाती समयमा आँखा हल्का चिलायो भन्दै थोरै मात्र बिरामीहरु आउने गर्छन् । धेरै बिरामीहरु एकदमै दुख्यो भन्दै जटिल अवस्थामा मात्रै अस्पताल आउने गरेको पाइएको छ ।

कतिको संख्यामा आँखा रोगहीहरु अस्पताल आइपुग्छन् ?
पछिल्लो विराट मेडिकल कलेजमा आँखा पाक्ने समस्या लिएर आउने बिरामीहरुको संख्या दोब्बरले बढेको छ । विराटनगर धेरै आँखा उपचार केन्द्र भएको स्थान भएतापनि अघिल्ला वर्षको तुलनामा आँखा पाक्ने समस्या  भएका बिरामीहरुको संख्या बढेको पाइन्छ । हाम्रो आँखा विभागमा दैनिक  ५० देखी ६० को संख्यामा बिरामीहरु उपचारका लागि आइपुग्ने गरेका छन् ।

आँखा पाक्ने समस्या भयावह नहुँदाको अवस्थामा आँखाको  क्यान्सर , डेढोपना लगायतका समस्या भएका बिरामीहरु उपचारका लागि धेरै आउने गरेका थिए । यसअघि दैनिक ३० –४० को संख्यामा बिरामीहरु उपचारका लागि आउने गरेका थिए।

कस्ता मानिसहरुलाई आँखा पाक्ने समस्याको जोखिम हुन्छ ?
धुलो धुवा तथा प्रदुषण बढी हुने स्थानमा बढी काम गर्ने मानिसहरुमा यस रोगको जोखिम बढी मात्रामा रहन्छ । त्यसैगरी स्कुलका बालबालिकाहरुमा यो समस्या बढी हुने गर्छ ।

घुमफिरका लागि बढी सार्वजनिक स्थानहरु तथा भिडभाडको क्षेत्रमा जाने मानिसहरुमा यो समस्या हुनसक्ने जोखिम रहन्छ । यस्तो समस्या भएका व्यक्तिहरुसँग घुलमिल हुँदा हामीले हात गोडा राम्रोसँग धुनुपर्ने हुन्छ ।

उपचार कसरी गरिन्छ ?
आँखा रातो भएर एकदमै दुखेको छ भने हामीले हामीले नदुख्ने खालको ड्रप दिने गर्छौ ।  विभिन्न प्रकारका tears suppliments हरु दिने गरिछ । आँखा पाकेको कारणले धेरै नै दुखेको अवस्थामा सिटामोल खाने सल्लाह पनि दिने गरिन्छ ।

चिप्राले आँखा नै टालिएको अवस्थामा व्याक्टेरिल इन्फेक्सन हुने भएकोले हामीले एन्टिबायोटिक प्रयोग गर्ने सल्लाह दिन्छौं । आँखा धेरै नै सुन्निएर त्यसका कारण एकदमै जटिल अवस्था आएको खण्डमा भने हामीले सेरोइड लिने गरेका छौं । यसले चाँडै निको हुन्छ भनेर जुनसुकै अवस्थाका बिरामीलाई भने हामीले यो औषधि दिने गरेका छैनौं ।

आँखा पाक्ने रोगबाट कसरी बँच्ने ?
आँखा पाक्ने  समस्या भएका व्यक्तिसँग  घुलमिल हुँदा  हामिले हात राम्रोसँग धुनु पर्छ।

आँखा चिलायो भन्दैमा आँखा हात लगाउनु हुँदैंन ।

संक्रमित आँखामा हात लगाएको अवस्थामा हात धुने ।

संक्रमित व्यक्तिले सकेसम्म चस्मा लगाउने ।

आँखाको सरसफाइमा विशेष ध्यान दिने ।

संक्रमित आँखालाई सकेसम्म नचलाउने ।

स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने ।

अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने ।

आफूखुशी औषधिको प्रयोग नगर्ने ।

तपाईको प्रतिक्रिया