मानिसहरुले गर्नुपर्ने नित्य कर्मका बारेमा शास्त्रले नै उल्लेख गरेको पाइन्छ । हामीले मात्र अनुसरण गरे दैनिक जीवन सहज हुन्छ ।

जोतिषशास्त्रलाई मान्ने हो भने रातिको समयमा पनि केही त्यस्ता काम गर्नुपर्छ जसले तपाईको घरमा सुख, शान्ति र समृद्धि छाउँछ । त्यस्तै यस्ता कामलाई नियमवद्ध अपनाउनाले घरमा सदैव लक्ष्मीको बास हुन्छ । राति घरको दक्षिण र पश्चिम कुनामा बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउँछ र घरमा सम्पन्नता छाउँछ ।

पूजा घर वा देव स्थानमा राति दियो बाल्नाले घरमा लक्ष्मीको बास रहन्छ । धनकी देवी लक्ष्मी प्रशन्न हुने विश्वास गरिन्छ । सुत्नुभन्दा पहिला आफ्नो गोडा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो परेपछि स्वास्थ्यमा आउने समस्या समेत दूर हुन्छ । सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् ।

यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन । सुत्ने कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।

घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस् यसले परिवारक सम्बन्धमा सुधार आउँछ । कलह हुन पाउँदैन ।

यो पनि पढ्नुस – धर्म ग्रन्थमा सूर्यलाई प्रधान देवता मानिएको छ। पुराणको अनुसार, प्रत्येक महिनामा सुर्यको एउटा विशिष्ट रुपको पुजा गरिन्छ। त्यसको अनुसार, पौष मासमा भग नामक सुर्यको उपासनाको विधान छ। यो चोटी पौष मासको प्रारम्भ १८ मङ्सिर सोमवारबाट हुँदैछ। जुन पुस १८ सम्म रहने छ। आदित्य पुराणको अनुसार पौष महिनाको हरेक आइतबार केहि सजिलो उपाय गर्नाले व्यतिको हरेक इच्छा पुरा हुनसक्छ। जुन व्यक्तिको कुण्डलीमा सुर्य अशुभ छ ति व्यक्तिहरुले पनि पौष मासको सुर्यसंग सम्वन्धित उपाय गर्नपर्छ।

१. बिहान स्नान गरेपछि तामाको लोटामा शुद्ध जल लिएर सुर्यदेवलाई अर्पित गर्नुस !

२. बिहान सुर्यदयाको समयमा रातो फुल, सिन्दुर आदिले सुर्यदेवको पुजा गर्नुस र सकेसम्म रातो बस्त्र पनि लगाउनुस !

३. रातो चन्दनको मालाले ऊँ घृणी सुर्याय नम: मन्त्रको जप गर्नुस। कम से कम ५ मालाको जप गर्नुस !

४. आइतवार गरिब व्यक्तिलाई गँहु दान गर्नुस ! यसले पनि सुर्यको दोष कम हुन्छ।

५. कुनै विद्वान पण्डितलाई सोधेर रूबीलाई तामाको औठिमा राखेर आफ्नो सालकी औलामा लगाउनुस !

तपाईको प्रतिक्रिया