बझाङ केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ११:३७ बजे बझाङ केन्द्र भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित बैतडी, बाजुरा लगायत सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस भएको बताइएको छ।

यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो।

गत असोज १६ गते बझाङ नै केन्द्र बनाएर गएको भूकम्पले जनधनको क्षति भएको थियो। त्यतिबेला भूकम्पबाट १ जनाको मृत्यु भएको थियो भने ठूलो संख्यामा भौतिक संरचनाहरु भत्किएका थिए।

गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट पनि ठूलो जनधनको क्षति भएको थियो। जाजरकोट भूकम्पबाट १५४ जनाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया