काठमाडौं । संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार गरेको अभियोगमा मुछिएका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन्।
महराले नेपाली सेना र नेपाल प्रहरीको टोली फिर्ता गरेका छन् भने आफू चढ्ने सरकारी गाडी पनि फिर्ता गरेका छन्। आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनेर नैतिकताका आधारमा गत मंगलार महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

महरासँग अहिले दुईजना पीएसओ मात्र बाँकी छन्। बसोबासका लागि नयाँ घर पाउनेबित्तिकै महराले सरकारी निवास बालुवाटार पनि छोड्ने उनका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिए।
अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया