वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ

 पर्साको वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने एक गिरोह पक्राउ परेको छ ।

दशैं असोज १६ र १७ गते वीरगन्जको विभिन्न ठाउँबाट मोबाइल चोरी गर्ने ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– ३ बस्ने २४ वर्षीय गौरीशंकर यादव, वीरगन्ज–१७ का २४ वर्षीय मनोज राम हरिजन, वीरगन्ज–१४ का २२ वर्षीय जमसेद अन्सारी, भारतको पूर्वी चम्पारण बस्ने २२ वर्षीय बिक्रम पटेल छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट १७ थान मोबाइल फेला परेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६ र भारतीय रुपैयाँ १७ हजार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया