पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय इन्द्र बहादुर कार्की रहेका छन् । ढुंगाले हानेर उनको हत्या गरेको अवस्थामा शव फेला परेको वडाअध्यक्ष देउकुमार योङहाङले बताउनुभयो । स्थानियले आज बिहान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत फलैँचाको तिरतिरे भन्ने सडकमा शव मृत अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । घटनाको मुचुल्का तयार पारी अहिले शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर तर्फ ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया