बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैँसे पुरुषको मृत्यु भएको छ ।

जंगली हात्तीको आक्रमणबाट कोल्हवी नगरपालिका वडा नम्बर ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ वर्षको पारस खा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार भैंसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बीचमा पर्ने जंगलमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

मृतक थारुको शव पोष्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाइएको ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारीले बताउनुभएको छ ।

पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जंगली हात्तीले बस्तीमा पटकपटक उत्पात मच्याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया