मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरको सानो थिमीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

आर्मी ब्यारेक नजिक ओरालोमा विहीबार बेलुकी सात बजे नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा सानो थिमी बस्ने ६२ वर्षीय राम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापाको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन बेलुकी ७ बजेर २१ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले बताए।

तपाईको प्रतिक्रिया