गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार ६८३ पुगेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन्।

गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते छन्। योसँगै कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ र ७८ हजार ०१८ जना घाइते भएको उल्लेख गरेको छ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया