फोहोर तथा ब्याक्टेरिया र किटाणुका कारण मानिसहरू कुखुराको मासु पखालेर खाने गरेको पाइन्छ । तर, मासु पकाउनुअघि पखालेर खानु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ ।

कुखुराको मासुलाई पकाउनुभन्दा अघि पखालेर खाँदा फुड पोइजनिङको जोखिम बढ्न सक्छ । कुखुराको मासु पखाल्दा फूड पोइजनिङको जोखिम बढ्ने हालै एक अध्ययनले पुस्टि गरेको छ । बेलायतमा गरिएको अध्ययनका अनुसार कुखुराको मासुलाई पखालेर पकाउने गर्दा क्याम्पी लोबाक्टर नाकम ब्याकटेरियाको संक्रमण हुने सम्भावना धेरै रहेको पाइएको छ ।

क्याम्पी लोब्याकटर ब्याकटेरिया फुड पोइजन गराउने कारणमध्ये एक हो । उक्त ब्याक्टेरियाले गराउने फुड पोइजनिङले पेट दुख्ने, उच्च झाडापखाला तथा कहिलेकाहीँ २ दिन वा ५ दिनको बीचमा बान्ता गराउन सक्छ । कुखुराको मासुलाई पानीले पखाल्दा क्याम्पी लोबाक्टर मानिसको हातमा, पकाउने भाँडामा, काम गर्ने ठाउँमा, लुगा तथा खानामा फैलिएर फुड पोइजन गराउन सक्छन् ।

धेरैजसो यो ब्याकटेरियाको इन्फेक्सन पोल्ट्रीबाट नै आउने गर्छ र नपोलेको र पखालेको खण्डमा धेरै फैलिने गर्दछ । अध्ययनका अनुसार यदि ब्याकटेरिया कुखुराको मासुमा छ भने क्याम्पी लोबाक्टरसहितका अन्य ब्याक्टेरियाहरू समेत पकाउँदा नस्ट भएर जान्छ । मासु पकाउँदा एक सय डिग्री सेल्सियसमा मासु पकाउनु पर्छ ।

तपाईको प्रतिक्रिया