कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भइ फरार रहेका एकजना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।  धनुषा सवैला नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पवन महतोलाई प्रहरीले बिहीबार प्रकाउ गरेको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको छ।

२०६५ सालमा धनुषा सबैला नगरपालिका वडा नम्बर १३ बस्ने नागेन्द्र यादवको गोली हानी हत्या गरी फरार रहेका थिए।  सर्वोच्च अदालतले २०८० /१०/०८ गते महतोलाई जन्मकैदको सजायको फैसला गरेको थियो।

खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले महतोलाई सवैला बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

प्रवक्ता अवाका अनुसार महतोलाई आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको छ।

तपाईको प्रतिक्रिया