बुढीगंगा । मोरङको बुढीगंगा गाउँपालिकाले बुढीगंगा गोल्डकप तयारी थालेको छ । आइतबार गाउँपालिकामा भएको स्थानिय बुद्दिजिवी, राजनीतिज्ञ तथा गाउँपालिका अध्यक्ष र अन्य व्यक्तिहरूको भेलाले गोल्डकपको तयारी गर्ने गरेको हो । आज पहिलो चरण छलफल भएको र यसको तयारीको लागि विभिन्न चरणमा छलफल गरिने गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले जानकारी दिए । उनले भने, ‘हामी पुनः गाउँपालिकाका सम्पूर्ण राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिवी लगायतसँग छलफल गर्नेर्छौँ ।’ उनले वडा स्तरिय गोल्डकप गरेर गाउँपालिका स्तरिय फुटबल टीम पनि निर्माण गरिने जानकारी दिए । वडा–वडामा ट्रेनिङ गराएर वडा टिम निर्माण गरेर बुढीगंगा गोल्कपमा खेलाइने उनको भनाइ छ । छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष मगरसहित वडाध्यक्षहरू साेमराज काफ्ले, रेवती नारायण चाैधरी, तिलकनाथ मण्डल राजवंशी, शशीकान्त चाैधरी, वडासदस्य लाेकनाथ चाैधरी, कार्यपालिका सदस्य किरण चाैधरी लगायत अन्य स्थानिय राजनीतिग्य, समाजसेविहरुकाे काे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया