काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ । १४ वर्षीया एक बालिकालाई ‘तिमी दुःख पाएकी केटी रहेछौँ, हामीहरुले चाईनिज नागरिकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्‍यो भने तिम्रो भविष्य’ बन्छ भनि विभिन्न किसिमबाट ललाइ फकाइ मानव बेचविखन गरेको प्रहरीको भनाइ छ ।

विश्वास दिलाइ चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराइ कास्कीको पोखरा महानगरपालिका– ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाइ राखेको अवस्थामा उद्दार गरिएको हो ।

पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाइ फकाइ प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगि बन्धक बनाइ राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसुरमा साउन २९ गते कास्की कार्यालयमा जाहेरी दरखास्त पेस गरेकोले तत्काल प्रहरी कार्यालय कास्कीबाट खटिएको अनुसन्धान टोलीद्वारा १ जना विदेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया