रास्वपाका सभापति रवि लामिछानेले भने, ‘यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन।’ थप उनले अघि भने,‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ। रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौं। हामी त फैलँदै छौं ।’

तपाईको प्रतिक्रिया